• चैत्र १४, २०८१
  • No Comment
  • 86

महिला एसियन कप छनोट : नेपाल र उज्बेकिस्तान एकै समूहमा

काठमाडौं – एएफसी महिला एशियन कप २०२६ को छनोट चरणका लागि नेपाल समूह ‘एफ’ मा परेको छ। नेपाल रहेको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन्।

यो समूहका खेलहरू आउँदो जुन महिनामा उज्बेकिस्तानमा हुनेछन्। फिफा वरीयतामा उज्बेकिस्तान ५०औं स्थानमा रहेको छ भने नेपाल ९९औं स्थानमा छ। लाओस १०७औं र श्रीलङ्का १५८औं स्थानमा छन्।

महिला एशियन कप छनोटका लागि ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेताले २०२५ मार्चमा अस्ट्रेलियामा हुने मुख्य प्रतियोगिताका लागि स्थान बनाउनेछन्।

यसअघि आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले एशियन कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। कुल १२ टोलीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *