• चैत्र १४, २०८१
  • No Comment
  • 143

भेरी ज्ञानोदय क्याम्पसमा सहमतिमै नयाँ स्ववियु पदाधिकारी निर्वाचित

जाजरकोट । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत जाजरकोटको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा सहमतिमै नयाँ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत लोकबहादुर शाहीका अनुसार, सभापतिमा नेविसंघका प्रनिल चन्द, उपसभापतिमा अखिल क्रान्तिकारीका अजय शर्मा, सचिवमा अनेरास्ववियुका पुष्पराज वली सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, सहसचिवमा प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका मिनकृष्ण शाह, सदस्यहरूमा अखिल समाजवादीका नवीन शाही र कमला महर चयन भएका छन्।

नवनिर्वाचित सभापति प्रनिल चन्दले क्याम्पसको व्यवस्थापन सुधार र गुणस्तरीय शिक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। उपसभापति अजय शर्माले स्ववियु निर्वाचनलाई साझा सहमतिका आधारमा सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै विद्यार्थी हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *