- चैत्र १३, २०८१
- No Comment
- 88
आईपीएल: गुजरातलाई पराजित गर्दै पञ्जाव विजयी
गुजरात टाइटन्सलाई पराजित गर्दै पञ्जाव किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।
मंगलबार राति भएको खेलमा पञ्जावले गुजरातलाई ११ रनले पराजित गर्यो।
पञ्जावले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २३२ रन मात्र बनाउन सक्यो।
दोस्रो विकेटका लागि कप्तान तथा ओपनर शुभमन गिल र जस बटलरले ८४ रनको साझेदारी गरे पनि टोलीको हार टार्न सकेनन्।
१४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएका गिल क्याच आउट भए। ३३ बलमा २४ चौका र २ छक्कासहित ५४ रन बनाएका बटलर बोल्ड आउट भए।
४१ बलमा ५ चौका र ६ छक्कासहित ७४ रनको महत्वपूर्ण योगदान दिएका ओपनर साइ सुदर्शन क्याच आउट भए। सेरफाने रुदरफोर्डले ४६ रन बनाउँदै पेभेलियन फर्के।
पञ्जावका अर्शदीप सिंहले २ विकेट लिए भने मार्को जानसेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनायो।
पञ्जावका लागि विष्फोटक ब्याटिङ गरेका कप्तान ऐर ९७ रनमा अविजित रहे। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। शशांक सिंह ४४ रनमा नटआउट रहे।
ओपनर प्रयास आर्य २३ बलमा ७ चौका र २ छक्कासहित ४७ रन बनाएर क्याच आउट भए। माक्युर्स स्टोइनिसले २० र अजमतुल्लाह ओमारजाइले १६ रन थपे।
गुजरातका लागि साइ किशोरले ३ विकेट लिए। कागिसो रबाडा र राशिद खानले समान १ विकेट लिए।
अंक तालिका
गुजरात र पञ्जावको खेलसँगै आईपीएलमा सहभागी १० टोलीले समान १ खेल खेलिसकेका छन्।
आईपीएलको पहिलो राउण्ड सकिँदा सनराइजर्स हैदरावाद २ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। समान २ अंक भएका रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो, पञ्जाव किंग्स तेस्रो, चेन्नई सुपर किंग्स चौथो, र दिल्ली क्यापिटल्स पाँचौँ स्थानमा छन्। राजस्थान अंक तालिकाको पुछारमा छ।