- चैत्र ११, २०८१
- No Comment
- 136
विद्युत् प्राधिकरणका पूर्वप्रबन्धक उप्रेती भ्रष्टाचार मुद्दामा पक्राउ
काठमाडौं — भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल विद्युत् प्राधिकरणका अवकाशप्राप्त सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शनिबार उनलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो।
सर्वोच्च अदालतले गत १२ मंसिरमा उप्रेतीलाई दोषी ठहर गर्दै ६ महिना कैद र दुई करोड ५५ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गरिएको सिआइबीका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिए।