• चैत्र ११, २०८१
  • No Comment
  • 116

आइपीएल २०२५ : आज दिल्ली र लखनऊ आमनेसामने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज (सोमबार) दिल्ली क्यापिटल्स (डीसी) र लखनऊ सुपरजाइन्ट्स (एलएसजी) बीच भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे विशाखापट्टनमको डा. वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा हुनेछ।

यसअघि यी दुई टोलीबीच भएका पाँच खेलमध्ये लखनऊले तीन खेल जितेको छ भने दिल्लीले दुई पटक जित निकालेको छ। विशाखापट्टनममा भने दुवै टोली पहिलो पटक खेल्दैछन्।

विशाखापट्टनमको पिच ब्याटिङ फ्रेन्ड्ली मानिन्छ। यहाँ भएको १५ आईपीएल खेलमध्ये ८ पटक पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् भने ७ पटक लक्ष्य पछ्याउने टोलीले जित निकालेको छ। उच्चतम टिम स्कोर २७२/७ रहेको छ, जुन कोलकाता नाइटराइडर्सले दिल्लीविरुद्ध बनाएको थियो।

दिल्ली बलियो ब्याटिङ र बलिङ लाइनअपसहित मैदानमा उत्रिनेछ। स्टार्क, मुकेश कुमार, नटराजन र मोहित शर्माले बलिङमा दबाब सिर्जना गर्न सक्छन् भने कुलदीप यादव र अक्षर पटेल स्पिन आक्रमण सम्हाल्नेछन्।

लखनऊ सुपरजाइन्ट्स – लखनऊको फिनिसिङ पक्ष बलियो देखिन्छ। निकोलस पूरन, डेविड मिलर, शाहबाज अहमद र अब्दुल समदले अन्तिम ओभरमा आक्रामक खेल देखाउन सक्छन्। तर, ओपनिङ कम्बिनेसनबारे स्पष्टता छैन।

दिल्ली क्यापिटल्स: अक्षर पटेल (कप्तान), जैक फ्रेजर-मैगर्क, फाफ डु प्लेसिस, अभिषेक पोरेल, केएल राहुल, ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार, टी नटराजन, मोहित शर्मा।

लखनऊ सुपरजाइन्ट्स: ऋषभ पन्त (कप्तान), अर्शिन कुलकर्णी, मिचेल मार्श, निकोलस पूरन, आयुष बडोनी, डेविड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, राजवर्धन हंगरगेकर, रवि बिश्नोई, शमार जोसेफ, शाहबाज अहमद।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *