• चैत्र ११, २०८१
  • No Comment
  • 128

सरकारको कुलमान घिसिङलाई हटाउने तयारी जारी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको तयारी एक पटक फेरि अघि बढेको छ। सोमबार साँझ आयोजित मन्त्रिपरिषद बैठकमा उनलाई कार्यकारी निर्देशकको पदबाट हटाएर अन्यत्र सरुवा गर्ने प्रस्ताव दर्ता भएको स्रोतले जानकारी दिएको छ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयले घिसिङको स्थानमा नयाँ पद सिर्जना गरेर सरुवा गर्ने तयारी गरेको छ। यस प्रस्ताव अनुसार, घिसिङको स्थानमा प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकमध्ये दीर्घायुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइने सम्भावना छ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले लामो समयदेखि घिसिङलाई पदबाट हटाउन प्रयास गरिरहेका छन्। यसअघि पनि चारपटक घिसिङलाई प्रष्टीकरण सोधिएको थियो। ऊर्जामन्त्री खड्का भने यस प्रक्रियामा विशेष सक्रिय रहनु भएको छ, जसको कारण कांग्रेसभित्र केही विरोधका स्वर पनि उठेका छन्।

 

 

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *