• चैत्र ११, २०८१
  • No Comment
  • 31

सल्यानमा जिप दुर्घटना, १७ जना घाइते

सल्यान। सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन । सल्यानको सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप साेमबार विहान दुर्घटना  भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भावुराम बस्नेतका अनुसार घाइते हुनेमा शारदा नगरपालिका–१ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका–३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गीता चन्द र उनकी १० वर्षीया छोरी इन्दिरा चन्द रहेका छन्।

त्यसैगरी, बनगाड कुपिण्डे नगरपालिका–५ की २१ वर्षीया भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका–४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका–२ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका–१० का अनुपम बुढाथोकी, र कुमाख गाउँपालिका–२ की २६ वर्षीया ललिता बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार जिपमा जम्मा १८ जना सवार  रहेका थिए । भने शकुसल चालक प्रहरीकाे नियन्णमा रहेका छन ।

घाइतेहरूलाई उपचारका लागि श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले जिप ब्रेक फेल भएर सडकमा पल्टिएको प्रारम्भिक अनुमान गरेको छ। घटना सम्बन्धि थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *