- चैत्र ९, २०८१
- No Comment
- 138
माल्टा पठाउने प्रलोभनमा ठगी गर्ने पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन । सुर्खेत वीरेन्द्रनगर–९ निवासी, हाल काठमाडौं बुढानीलकण्ठमा बस्दै आएका ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
सिंहले माल्टा पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुढानीलकण्ठ–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो।
प्रहरीले सिंहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।