• फाल्गुन २२, २०८१
  • No Comment
  • 86

विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई तीन दिनभित्र स्पष्टीकरण दिन सरकारको आदेश

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादलाई लिएर ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच मतभेद रहँदै आएको छ। यसअघि, ऊर्जामन्त्री खड्काले १३ फागुनमा २४ घण्टाभित्र जवाफ दिन भन्दै घिसिङलाई दुईबुँदे स्पष्टीकरण सोधेका थिए। घिसिङले १५ फागुनमा सोधिएको स्पष्टीकरण बुझाएका थिए।

सरकारको पछिल्लो निर्णयसँगै यो विवाद थप चर्किने देखिएको छ। अब घिसिङले आगामी तीन दिनभित्र सरकारलाई स्पष्टिकरण दिनुपर्नेछ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *