• फाल्गुन २२, २०८१
  • No Comment
  • 116

चौकुने गाउँपालिकाको घाटगाँउ स्वास्थ्य चौकीमा निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुँदै

सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाँउ स्वास्थ्य चौकीमा निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुने भएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र चौकुने गाउँपालिकाको संयुक्त आयोजनामा यही फागुन २४ गते शनिबारका दिन विशेषज्ञ आयुर्वेद सेवा सहितको निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर आयोजना गरिने आयुर्वेद शाखाका लक्ष्मी घिमिरे ले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार आजभोली नसर्ने रोगको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मर्त्यु दर बढिरहेको सम्बन्धमा जीवन शैली ब्यबस्थापन र आयुर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले आयुर्वेद स्वास्थ्य सेवा प्रवाह गर्ने सुदृढ स्वास्थ्य सस्था समेत नभएको सन्दर्भमा नि:शुल्क आयुर्बेद स्वास्थ्य शिविर अत्यावश्यक भएकोले शिबिर आयोजना गरिएको हो ।

फागुन २४ गते शनिबारका दिन बिहान ९ बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुने निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिरमा बिशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा स्वास्थ्य परिक्षण, प्रयोगशाला परिक्षण, पुर्वकर्म लगायतका सेवा सहित आयुर्बेद स्वास्थ्य शिविर सञ्चालन हुने घिमिरेले बताउनु भएको छ ।

आयुर्वेद स्वास्थ्य शिबिरमा आयुर्वेद चिकित्सकद्वरा नि:शुल्क चेकजाँच र औषधी वितरण गरिने भएकाले चौकुने गाउँपालिका वडा न ९ र १० का सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी हरुलाई मौकाको फाईदा उठाउन समेत आग्रह गरिएको छ

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *