• फाल्गुन २२, २०८१
  • No Comment
  • 10

चौकुने गाउँपालिकाको घाटगाँउ स्वास्थ्य चौकीमा निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुँदै

सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाँउ स्वास्थ्य चौकीमा निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुने भएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र चौकुने गाउँपालिकाको संयुक्त आयोजनामा यही फागुन २४ गते शनिबारका दिन विशेषज्ञ आयुर्वेद सेवा सहितको निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर आयोजना गरिने आयुर्वेद शाखाका लक्ष्मी घिमिरे ले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार आजभोली नसर्ने रोगको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मर्त्यु दर बढिरहेको सम्बन्धमा जीवन शैली ब्यबस्थापन र आयुर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले आयुर्वेद स्वास्थ्य सेवा प्रवाह गर्ने सुदृढ स्वास्थ्य सस्था समेत नभएको सन्दर्भमा नि:शुल्क आयुर्बेद स्वास्थ्य शिविर अत्यावश्यक भएकोले शिबिर आयोजना गरिएको हो ।

फागुन २४ गते शनिबारका दिन बिहान ९ बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुने निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिरमा बिशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा स्वास्थ्य परिक्षण, प्रयोगशाला परिक्षण, पुर्वकर्म लगायतका सेवा सहित आयुर्बेद स्वास्थ्य शिविर सञ्चालन हुने घिमिरेले बताउनु भएको छ ।

आयुर्वेद स्वास्थ्य शिबिरमा आयुर्वेद चिकित्सकद्वरा नि:शुल्क चेकजाँच र औषधी वितरण गरिने भएकाले चौकुने गाउँपालिका वडा न ९ र १० का सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी हरुलाई मौकाको फाईदा उठाउन समेत आग्रह गरिएको छ

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *