• फाल्गुन २२, २०८१
  • No Comment
  • 13

काठमाडौँमा चोरीको २० किलो चाँदीसहित पाँच जना पक्राउ

चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन्।

राजस्व छलीका चाँदीको कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह, २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साह रहेका छन्। उनीहरूलाई प्रहरीले बुधबार  सार्वजनिक गरेको थियाे।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ परेका व्यक्तिहरूको साथबाट पैसा गन्न प्रयोग हुने एक थान मेसिन, दुई थान डिजिटल तराजु, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका छ थान मोबाइल बरामद गरिएको थियाे।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको जनाएको छ।

 

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *