• फाल्गुन २१, २०८१
  • No Comment
  • 85

अवैध रूपमा बसेका १० नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदै

अमेरिकामा अवैध रूपमा बसेका १० नेपाली आप्रवासीलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आइपुग्दैछ। अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि अध्यागमन नीति कडा बनाएसँगै विभिन्न देशका आप्रवासीहरूलाई निष्कासन गर्ने क्रम जारी रहेको छ।

अमेरिकी अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा निष्कासन गरिएका नेपालीहरूलाई बोकेको चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौं अवतरण गर्ने तालिका छ। यसअघि पनि ट्रम्प प्रशासनको कार्यकारी आदेशपछि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक नेपाली गरी २७ जनालाई अमेरिका निष्कासन गरिसकिएको छ।

निकाला गरिएका तीन नेपालीलाई पानामा डिपोर्ट गरिएको भए पनि त्यसको कारण खुल्न सकेको छैन। आज काठमाडौं आउने चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्किनेछ।

अमेरिकी सरकारले पहिलो चरणमा १४ लाख ४५ हजार ५४९ जना कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको छ। उक्त सूचीमा १,३६५ जना नेपाली रहेको उल्लेख छ। निष्कासनको यो क्रम जारी रहँदा नेपाली आप्रवासी समुदायमा त्रास फैलिएको छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *