• फाल्गुन २१, २०८१
  • No Comment
  • 141

जुम्लाका बर्थिङ सेन्टरमा सुत्केरी सेवा वृद्धि

जुम्ला जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुने सङ्ख्या वृद्धि हुँदै गएको छ। विशेषगरी तिला गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा सञ्चालन भएका बर्थिङ सेन्टरहरूमा गर्भवती महिलाहरूले सेवा लिन थालेका छन्। तथ्याङ्कअनुसार, पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीन वटा स्वास्थ्य चौकीमा मात्र पछिल्ला तीन वर्षमा करिब दुई सय बढी महिलाले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन्।

जुम्लाकोट स्वास्थ्य चौकीमा सबैभन्दा बढी महिलाले सुत्केरी सेवा लिएको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ३७ जना, २०८०/८१ मा ३३ जना, र चालु आर्थिक वर्षको माघसम्म २६ जना महिलाले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन्। स्वास्थ्य चौकीका इञ्चार्ज विराजु जिसीका अनुसार पछिल्ला तीन वर्षमा १६ जना महिलालाई थप उपचारका लागि ‘रिफर’ गरिएको छ।

यस्तै, तिला–९ मा रहेको रासा स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७९/८० मा १९ जना, २०८०/८१ मा १८ जना, र चालु आर्थिक वर्षको माघसम्म ६ जनाले सेवा लिएको इञ्चार्ज दत्त रावतले जानकारी दिनुभएको छ। तर, दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको उहाँको भनाइ छ। पालिकाले स्थायी दरबन्दीमा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न करार नियुक्ति गर्दै आएको छ।

रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा ४० जना र २०८०/८१ मा २२ जना महिलाले बर्थिङ सेन्टरबाट सेवा लिएका थिए। तर, चालु आर्थिक वर्षको माघसम्म सेन्टर बन्द हुँदा धेरै महिलाहरू सुत्केरी सेवा लिनबाट बञ्चित भएका छन्।

स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने प्रमुख लक्ष्यका साथ विभिन्न सुधार प्रयासहरू भइरहेको छ। जुम्लाकोट स्वास्थ्य चौकीका इञ्चार्ज जिसीका अनुसार, बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाका कुरुवालाई खानासहितको व्यवस्थापन गरिएको छ। भौतिक संरचनाको उचित प्रयोग गर्दै जनमुखी सेवा प्रवाह गरिँदैछ। औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न पालिकाको स्वास्थ्य शाखासँग समन्वय भइरहेको छ। जटिल अवस्थाका सुत्केरीलाई व्यक्तिगत लगानीमा सदरमुकाम पठाउने गरिएको छ।

तर, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्थानीय सरकार र वडा कार्यालयले विशेष पहल आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। स्वास्थ्य चौकीका लागि तोकिएको बजेट विनियोजन गरिनुपर्ने र दीर्घकालीन समाधान खोजिनुपर्ने उनीहरूको सुझाव छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *