- फाल्गुन १९, २०८१
- No Comment
- 37
कालिका लघुबित्त सेवा केन्द्र बडिचौरद्धारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बराहताल गाउँ पालिका वडा नंम्बर ५ बडिचौरमा कालिका लघुबित्त सेवाकेन्द्र बडिचौरले आफ्ना सदस्यलाई १ दिने साक्षर गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त गोष्ठीमा सदस्यहरुलाई जीवन कसरी परिचालन गर्ने , कर्जालाई कसरी चलाउने , बचत कसरी गर्ने जस्ता विषयका बारेमा जानकारी गराइएकाे थियो ।
कार्यक्रममा बाेल्दै अनुगमन शाखामा कार्यरत दिपक बिष्टले आयमुलक काममा ऋण लिने , नियमित बचत गर्ने र ऋणको सहि सदुपयोग गर्दा समयमै ऋण तिर्ने बानिकाे विकास हुँदा संस्था र सदस्य दुबै पक्षलार्इ लाभ हुने बताउनु भयाे ।

उहाले भन्नु भयाे तपाईले नियमित बचत गर्दै जाने हो भने सदस्यकाे बचतमा ७:५% दरले वृद्धि हुन्छ र भबिस्यमा याे पैसाले ठूलो फाईदा पुग्छ । साथै, बिष्टले बिशेष गरी हरेक सदस्यले अनिवार्य रुपमा ऋण बिमा गर्नुपर्ने समेत जोड दिनु भएकाे थियाे ।
बिष्टका अनुसार १ बर्षभित्रमा भईपरी घटना घट्न सक्ने र सदस्यले लैजानु भएको ॠण मिनाहा समेत हुने व्यवस्था रहेकाे छ । 

कार्यक्रमको उद्घाटन बराहताल गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगरले गर्नु भएको थियो भने समापन खिमा सिजापतिले गर्नुभएको थियो । सम्मान स्वरुपमा उत्कृष्ट बचत कर्ता खगी लामीछाने , उत्कृष्ट केन्द्र प्रमुखमा गौरी राना मगर ,उत्कृष्ट ऋणि तुलसा मर्साङी मगर लगाएतका अन्य उत्कृष्टलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा ५० भन्दा धेरै महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।
