• फाल्गुन १९, २०८१
  • No Comment
  • 67

सुर्खेतमा बिप्लवकाे पत्रकार सम्मेलन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपालमा समृद्धि हासिल गर्न कृषि क्रान्ति आवश्यक रहेको बताएका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशी सहायता र भिखमा भर परेर नेताहरूले खोक्रो समृद्धिको नारा लगाइरहेको आरोप लगाएका छन ।

‘नेपालमा साढे दुई करोड नागरिक बस्दै आएका छन्, तर आन्तरिक उत्पादनले पर्याप्त खाद्य सुरक्षा प्रदान गर्न सक्दैन। नेताहरू विदेशी सहायता मागेर समृद्धिको भाषण दिन्छन्, तर यसरी उत्पादन बढ्दैन। आत्मनिर्भर बन्नका लागि कृषि तथा अन्य उत्पादन क्षेत्रमा जोड दिनुपर्छ,’ उनले भने। विप्लवले उत्पादन वृद्धिमार्फत नेपाललाई आत्मनिर्भर बनाउन सकिने र सम्भावित संकटहरूबाट जोगाउन सकिने बताए।

नेकपा नेपाली कम्युनिष्ट पार्टीहरूबीच एकताको पक्षमा रहेको पनि उनले बताए। ‘हामी अहिले समाजवादी मोर्चामा छौं। हाम्रो मान्यता नेपाललाई २००६ सालको अवस्थामा फर्काउनु पर्ने छ, जसको अर्थ सबै कम्युनिष्ट शक्तिहरू एक हुनुपर्छ। तर, एकता सहकार्य र रूपान्तरणका लागि हुनुपर्छ, न कि व्यक्तिगत स्वार्थका लागि,’ उनले स्पष्ट गरे।

उनले प्रगतिशील शक्तिहरू एक भएर देशलाई जोगाउनु पर्नेमा जोड दिए। साथै, आफूहरूलाई कर्णाली मात्र नभई देशभरका जनताले उत्पादन वृद्धि गर्न सहयोग गरिरहेको पनि उल्लेख गरे।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *