• फाल्गुन १९, २०८१
  • No Comment
  • 137

सुर्खेतमा बिप्लवकाे पत्रकार सम्मेलन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपालमा समृद्धि हासिल गर्न कृषि क्रान्ति आवश्यक रहेको बताएका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशी सहायता र भिखमा भर परेर नेताहरूले खोक्रो समृद्धिको नारा लगाइरहेको आरोप लगाएका छन ।

‘नेपालमा साढे दुई करोड नागरिक बस्दै आएका छन्, तर आन्तरिक उत्पादनले पर्याप्त खाद्य सुरक्षा प्रदान गर्न सक्दैन। नेताहरू विदेशी सहायता मागेर समृद्धिको भाषण दिन्छन्, तर यसरी उत्पादन बढ्दैन। आत्मनिर्भर बन्नका लागि कृषि तथा अन्य उत्पादन क्षेत्रमा जोड दिनुपर्छ,’ उनले भने। विप्लवले उत्पादन वृद्धिमार्फत नेपाललाई आत्मनिर्भर बनाउन सकिने र सम्भावित संकटहरूबाट जोगाउन सकिने बताए।

नेकपा नेपाली कम्युनिष्ट पार्टीहरूबीच एकताको पक्षमा रहेको पनि उनले बताए। ‘हामी अहिले समाजवादी मोर्चामा छौं। हाम्रो मान्यता नेपाललाई २००६ सालको अवस्थामा फर्काउनु पर्ने छ, जसको अर्थ सबै कम्युनिष्ट शक्तिहरू एक हुनुपर्छ। तर, एकता सहकार्य र रूपान्तरणका लागि हुनुपर्छ, न कि व्यक्तिगत स्वार्थका लागि,’ उनले स्पष्ट गरे।

उनले प्रगतिशील शक्तिहरू एक भएर देशलाई जोगाउनु पर्नेमा जोड दिए। साथै, आफूहरूलाई कर्णाली मात्र नभई देशभरका जनताले उत्पादन वृद्धि गर्न सहयोग गरिरहेको पनि उल्लेख गरे।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *