• फाल्गुन १६, २०८१
  • No Comment
  • 48

आजकाे माैसम : यी प्रदेशहरूमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि अधिकांश स्थानमा बदली रहनुका साथै अन्य प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा सामान्यदेखि अधिकांश बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ । साथै, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका अन्य पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार…

सुर्खेत  सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको…
सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *