• फाल्गुन १५, २०८१
  • No Comment
  • 66

राराको होटेलमा आगलागी, चार भवन जलेर नष्ट

मुगु –  रारा तालको किनारमा रहेको एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीका कारण ठूलो क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ।

आगलागीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनको संयुक्त प्रयासमा आज बिहान आगो नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली तत्काल घटनास्थलमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले तीव्र रूपमा फैलिँदै ग्याँस सिलिण्डर पड्किएको थियो, जसले थप तीन भवनलाई क्षति पुर्यायो। होटलका संरचनाहरू मुख्यतः काठबाट निर्मित भएकाले आगो तीव्र गतिमा फैलिएको बताइएको छ।


आगलागी सुरु भएलगत्तै सुरक्षाकर्मी र स्थानीय प्रशासनले होटेलमा रहेका पाहुनाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य गरेका थिए। उद्धार गरिएका पाहुनाहरूलाई नजिकैका अन्य होटेल, नेपाली सेनाको ब्यारेक तथा रारा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ।


आगलागीको पूर्ण विवरण आउन बाँकी रहेको भन्दै प्रहरी तथा स्थानीय प्रशासनले घटनाको विस्तृत छानबिन सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *