• फाल्गुन १५, २०८१
  • No Comment
  • 65

आजको मौसमी पुर्वानुमान : कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना

हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तराइका केही स्थानमा हल्का हुस्सु लागेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा देशका अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा देशका अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ। यस्तो मौसम परिस्थितिले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *