• फाल्गुन १४, २०८१
  • No Comment
  • 116

सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ को ज्यान गयाे

सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा मंगलबार राति एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले यो जानकारी दिएको हो।

दुर्घटनामा परी कम्तीमा १० जना घाइते भएका छन्। सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

ओमदुरमानस्थित सुडानी सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो। सेनाले ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ, तर स्पष्ट सङ्ख्या खुलाइएको छैन।

प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनापछि ठूलो विस्फोटको आवाज सुनिएको थियो र आसपासका थुप्रै घरहरू क्षतिग्रस्त भएका थिए। घटनाका कारण आसपासको क्षेत्रमा विद्युत् आपूर्ति समेत बन्द भएको छ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ।’ आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकको अस्पतालमा पु¥याएका छन्।

एक सैन्य स्रोतका अनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको विज्ञप्तिमा जारी छ ।

 

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *