• फाल्गुन १४, २०८१
  • No Comment
  • 77

सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ को ज्यान गयाे

सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा मंगलबार राति एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले यो जानकारी दिएको हो।

दुर्घटनामा परी कम्तीमा १० जना घाइते भएका छन्। सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

ओमदुरमानस्थित सुडानी सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो। सेनाले ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ, तर स्पष्ट सङ्ख्या खुलाइएको छैन।

प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनापछि ठूलो विस्फोटको आवाज सुनिएको थियो र आसपासका थुप्रै घरहरू क्षतिग्रस्त भएका थिए। घटनाका कारण आसपासको क्षेत्रमा विद्युत् आपूर्ति समेत बन्द भएको छ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ।’ आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकको अस्पतालमा पु¥याएका छन्।

एक सैन्य स्रोतका अनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको विज्ञप्तिमा जारी छ ।

 

सम्बन्धित खबर

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार…

सुर्खेत  सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको…
सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *