• फाल्गुन १४, २०८१
  • No Comment
  • 15

थाइल्याण्डमा बस दुर्घटना हँदा १८ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटना राजधानी बैङ्ककको पूर्वी प्राचिन बुरी प्रान्तमा भएको हो। उक्त बस स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीन डबल डेकर बसमध्ये एक थियो।

प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुका अनुसार, “दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।” प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएका कारण बस सडकबाट भीरमा खसेको पाइएको छ। थप अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

बसमा ४९ जना सवार थिए। दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि दुईवटा अस्पतालमा पठाइएको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार, थाइल्याण्डमा सडक सुरक्षासम्बन्धी रेकर्ड निकै खराब छ। प्रत्येक वर्ष यहाँ लगभग २०,००० व्यक्तिको मृत्यु सडक दुर्घटनाका कारण हुने गर्छ। पुराना र असुरक्षित सवारी साधन तथा चालकको लापरबाही सडक दुर्घटनाको प्रमुख कारण मानिन्छ।

गत अक्टोबरमा पनि बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको थियो।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *