• फाल्गुन १४, २०८१
  • No Comment
  • 128

थाइल्याण्डमा बस दुर्घटना हँदा १८ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटना राजधानी बैङ्ककको पूर्वी प्राचिन बुरी प्रान्तमा भएको हो। उक्त बस स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीन डबल डेकर बसमध्ये एक थियो।

प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुका अनुसार, “दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।” प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएका कारण बस सडकबाट भीरमा खसेको पाइएको छ। थप अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

बसमा ४९ जना सवार थिए। दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि दुईवटा अस्पतालमा पठाइएको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार, थाइल्याण्डमा सडक सुरक्षासम्बन्धी रेकर्ड निकै खराब छ। प्रत्येक वर्ष यहाँ लगभग २०,००० व्यक्तिको मृत्यु सडक दुर्घटनाका कारण हुने गर्छ। पुराना र असुरक्षित सवारी साधन तथा चालकको लापरबाही सडक दुर्घटनाको प्रमुख कारण मानिन्छ।

गत अक्टोबरमा पनि बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको थियो।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *