• फाल्गुन १३, २०८१
  • No Comment
  • 108

अनियन्त्रित भई भ्यान घरभित्र छिर्दा ६ वर्षीय बालकको मृत्यु

नेपालगन्जमा अनियन्त्रित भई घरभित्र छिरेको भ्यानका कारण ६ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरस्थित पार्किङमा रहेको भे१च ३८९५ नम्बरको पिकअप भ्यान निकाल्ने क्रममा अनियन्त्रित भई स्थानीय सञ्जय सिलवालको घरमा छिरेको थियो। घटनामा ६ वर्षीय बालक दृश्यसिंह बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यस घटनामा ४३ वर्षीय सञ्जय सिलवाल घाइते भएका छन्। उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ, जसमा उनको खुट्टा भाँचिएको बताइएको छ।

त्यस्तै, घाइते अन्य दुई जनामा ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सञ्जीव सिलवाल रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भ्यान चालक कोहलपुर नगरपालिका–२ निवासी २३ वर्षीय सुरज थारू र नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलिया निवासी ३८ वर्षीय लियाकत अलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *