• फाल्गुन १३, २०८१
  • No Comment
  • 16

बंगालको खाडीमा ५.१ म्याग्निच्युडको भूकम्प

पश्चिम बंगाल क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ। भारतीय समयअनुसार बिहान ६:१० बजे गएको भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा रहेको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

५.१ म्याग्निच्युडको उक्त भूकम्प समुद्रको सतहबाट ९१ किलोमिटर गहिराइमा उत्पन्न भएको थियो। भूकम्पको धक्का पश्चिम बंगालको कोलकातासम्म महसुस गरिएको बीबीसीले जनाएको छ।

हालसम्म भूकम्पका कारण कुनै ठूलो क्षति भएको विवरण प्राप्त नभए पनि अधिकारीहरूले थप विवरण संकलन गरिरहेका छन्।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *