• फाल्गुन १३, २०८१
  • No Comment
  • 18

बागलुङमा जिप दुर्घटना: २ जनाको मृत्यु, ५ जना घाइते

बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बडिगाड गाउँपालिका–७ भिमगिठेबाट बडिगाड–१० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका–५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक विजय यादवका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटनामा परेको हो। घाइतेहरूमा बडिगाड–९ की ६३ वर्षीया तेजकुमारी बुढा, ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल रहेका छन् भने एक जना घाइतेको परिचय खुल्न बाँकी छ।

प्रहरीका अनुसार घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर छ। सामान्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *