• फाल्गुन १३, २०८१
  • No Comment
  • 136

बागलुङमा जिप दुर्घटना: २ जनाको मृत्यु, ५ जना घाइते

बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बडिगाड गाउँपालिका–७ भिमगिठेबाट बडिगाड–१० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका–५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक विजय यादवका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटनामा परेको हो। घाइतेहरूमा बडिगाड–९ की ६३ वर्षीया तेजकुमारी बुढा, ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल रहेका छन् भने एक जना घाइतेको परिचय खुल्न बाँकी छ।

प्रहरीका अनुसार घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर छ। सामान्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *