• फाल्गुन १२, २०८१
  • No Comment
  • 106

पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ

पेस्तोल र गोलीसहित मकवानपुर प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारस्थित सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र मोतीहारी बहरी ग्रामका  २६ वर्षीय दीपक कुमार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ ३:४५ बजे हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित प्रहरी चेक प्वाइन्टबाट विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू गौरबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको भाडाको बसमा यात्रा गरिरहेका थिए। प्रहरीले बस जाँच गर्ने क्रममा धिरज कुमारको साथबाट १ राउण्ड गोली लोड भएको ९ एमएम अटो पेस्तोल र थप २ थान गोलीसहित ३ थान गोली बरामद गरेको जनाएको छ।

हाल पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *