• फाल्गुन १२, २०८१
  • No Comment
  • 19

पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ

पेस्तोल र गोलीसहित मकवानपुर प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारस्थित सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र मोतीहारी बहरी ग्रामका  २६ वर्षीय दीपक कुमार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ ३:४५ बजे हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित प्रहरी चेक प्वाइन्टबाट विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू गौरबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको भाडाको बसमा यात्रा गरिरहेका थिए। प्रहरीले बस जाँच गर्ने क्रममा धिरज कुमारको साथबाट १ राउण्ड गोली लोड भएको ९ एमएम अटो पेस्तोल र थप २ थान गोलीसहित ३ थान गोली बरामद गरेको जनाएको छ।

हाल पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *