• फाल्गुन १२, २०८१
  • No Comment
  • 46

काठमाडौंमा सालकको खपेटासहित ४ जना पक्राउ

सालकको खपेटा तस्करीको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, चामुण्डा चोकबाट ८ किलो ५०० ग्राम सालकको खपेटासहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सर्लाहीका  ४८ वर्षिय कुवेरबहादुर स्याङ्तान,  ४० वर्षिय नुवाकोटका सन्तबहादुर गुरुङ,  २८ वर्षिय ओखलढुंगाका राजु विश्वकर्मा  र ४२ वर्षिय सुनसरीका मदन राई रहेका छन्।

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ।

सम्बन्धित खबर

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…
प्रचण्डसँगकाे भेट, कर्णाली विकास अभियानबारे जानकारी

प्रचण्डसँगकाे भेट, कर्णाली विकास अभियानबारे जानकारी

 कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको माग गर्दै सुर्खेतबाट पदयात्रा सुरू गरेका नवराज बोहोरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष…
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम – रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१० बर्नेटीकी ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *