• फाल्गुन १२, २०८१
  • No Comment
  • 95

नेपाल र म्यानमार उपाधि भिडन्तमा, सावित्राको उत्कृष्ट प्रदर्शन

 सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार बलियो म्यानमारलाई २-२ को बराबरीमा रोक्दै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त तय गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा म्यानमारले दुई पटक अग्रता लिए पनि नेपाली खेलाडीको आत्मबलले नेपाललाई पराजयबाट जोगायो। नेपालका लागि सावित्रा भण्डारी र साबिता रानामगरले गोल गरे भने म्यानमारका लागि मयत खिन र मे एचटेट लुले गोल गरे।

१२,६०२ दर्शकको जोशिलो समर्थनमा खेलेको नेपालले सावित्राको एक गोल र एक असिस्टको योगदानमा बराबरी निकाल्न सफल भयो। सावित्रा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्।

यो नतिजासँगै नेपाल र म्यानमारले समान सात अंक जोडे पनि गोल अन्तरका आधारमा म्यानमार विजेता र नेपाल उपविजेता बने। अब यी दुई टोलीले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *