• फाल्गुन ७, २०८१
  • No Comment
  • 125

बल्खु तरकारी बजारनजिकै टहराभित्र एक व्यक्तिको हत्या

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारमा एक व्यक्तिको हत्या भएको छ। मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार दाहालको शव बुधबार बिहान १०:३० बजे टहराभित्र मृत अवस्थामा फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।

‘खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको छ,’ प्रहरी उपरीक्षक बोहराले जानकारी दिए।

दाहालको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

यस हत्याकाे कारण र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

 

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *