• फाल्गुन ७, २०८१
  • No Comment
  • 65

बल्खु तरकारी बजारनजिकै टहराभित्र एक व्यक्तिको हत्या

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारमा एक व्यक्तिको हत्या भएको छ। मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार दाहालको शव बुधबार बिहान १०:३० बजे टहराभित्र मृत अवस्थामा फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।

‘खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको छ,’ प्रहरी उपरीक्षक बोहराले जानकारी दिए।

दाहालको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

यस हत्याकाे कारण र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

 

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *