• फाल्गुन ६, २०८१
  • No Comment
  • 98

तनहुँमा कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ

 तनहुँमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन्।

बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सोमबार बिहान वडासचिव नवीन भुसाललाई हातपात गरेका थिए।

वडाध्यक्षको हातपातबाट घाइते भएका वडासचिव भुसालको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

वडाध्यक्ष गुरुङलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा  जिल्ला प्रशासन कार्यालयबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

वडा अध्यक्ष कप भलिबल खेल सञ्चालनको भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सचिव भुसाललाई कुटपिट गरेका थिए।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *