• फाल्गुन ६, २०८१
  • No Comment
  • 26

छिमेकीको हत्या गरेको आरोपमा १ जना पक्राउ

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यान सम्वन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

इखाबु खुपातालका छत्रबहादुर लिम्बूको सुद्धाई कार्यमा निज सुवासले स्थानीय ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्काले संवेदनशिल अंगमा प्रहार गरी घाइते बनाएको र निज बृखबहादुरको सोहि चोट पींडाका कारण मृत्यु भएको भन्ने सूचनाका आधारमा प्रहरीले सुवासलाई पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *