• फाल्गुन ६, २०८१
  • No Comment
  • 125

बोलिभियामा बस दुर्घटना, ३० जनाको मृत्यु

बोलिभियाको दक्षिणपश्चिमी जिल्ला योकाल्लामा बस दुर्घटना भएको छ, जसमा ३० जनाभन्दा बढीको ज्यान गएको छ। स्थानीय प्रहरीले बस करिब ८०० मिटर (२६२५ फिट) तल खसेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

सडक दुर्घटनामा परेर चार बालबालिकासहित १४ जना घाइते भएका छन्। प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाएको छ। प्रहरी कर्णेल भिक्टर बेनाभिड्सका अनुसार, बसको गति अत्यधिक तीव्र भएकाले चालकले नियन्त्रण गर्न नसकेको हुन सक्छ।

बोलिभियामा यस वर्ष अहिलेसम्म रिपोर्ट भएको यो सबैभन्दा ठूलो सडक दुर्घटना हो। केही साताअघि मात्र पोटोसी नजिकै बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो। सरकारी तथ्यांक अनुसार, बोलिभियामा प्रत्येक वर्ष सडक दुर्घटनाका कारण औसत १,४०० जनाले ज्यान गुमाउने गरेका छन्।

दुर्घटनामा परेकाहरूको उद्दार कार्य जारी रहेको छ भने घाइतेहरूको उपचार भइरहेको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *