• फाल्गुन ५, २०८१
  • No Comment
  • 92

२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीकै संलग्नताको आरोप

मकवानपुर जिल्ला पशु कार्यालयले २५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा लिएको छ। आइतबार राति हेटौंडाबाट झापा तर्फ गइरहेको बा प्र-०३-००१ ख १४२४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो।

कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरका अनुसार, तस्करी भइरहेको सूचना पाएपछि प्रहरी चेकपोस्ट रातोमाटेमा जाँदा ट्रक प्रहरीले नै पास गराउने तयारी भइरहेको देखिएको थियो। प्रहरीको उदासीनता देखेपछि सशस्त्र प्रहरी बलको सहयोगमा ट्रक पथलैयाबाट नियन्त्रणमा लिइएको हो।

डा. ठाकुरका अनुसार, प्रहरीलाई जानकारी गराउँदा पनि ट्रकलाई अघि बढ्न दिएको आरोप छ। सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख सन्तोष विक्रम शाहको सहयोगमा ट्रक नियन्त्रणमा लिइएको तर चालक र सहचालक भने फरार रहेको उनले बताए।

गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए। ती गोरु लक्ष्मी चौपाया सप्लायर्स, हेटौंडा-१६ को नाममा बिल जारी गरिए पनि प्रति गोरु ५ हजार रुपैयाँको बिल बनाइ कृषि प्रयोजनका लागि देखाइएको पाइएको छ। भेटेरिनरी प्रमाणपत्रमा तनहुँका भीम राईको नाम उल्लेख रहेको छ भने डा. टीकाराम न्यौपानेको हस्ताक्षर रहेको छ।

यस घटनामा गोरु तस्करी गरी भारत हुँदै बंगलादेशसम्म मासु प्रयोजनका लागि पठाउने योजना हुन सक्ने अनुमान गरिएको छ। ट्रक धनी, चालक तथा संलग्न पक्षहरू हालसम्म सम्पर्कमा नआएकोले तस्करीको आशंका बलियो भएको डा. ठाकुरले बताएका छन्।

नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु बध गर्नेलाई तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, ओसारपसार गर्न, वा तस्करीमा संलग्न हुन कानुनी दण्ड लाग्न सक्छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधिको उपस्थितिमा प्रहरीमार्फत मुचुल्का उठाउने कार्य भइरहेको छ। मकवानपुर प्रहरीले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ। रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने घटनाबारे प्रहरीलाई जानकारी नभएको बताएका छन्।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *