• फाल्गुन ५, २०८१
  • No Comment
  • 40

दैलेखमा चोरीको गहना बिक्री विवादका क्रममा ११ वर्षीय बालकको हत्या

दैलेखको दुल्लु नगरपालिका: ५ मा चोरीको सुनका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ। हत्या आरोपमा १४ र १७ वर्षीया दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दुई किशोरले ११ वर्षीय बालकको हत्या गरी उनको शव घरनजिकै रहेको बाँसघारी छेउको खोला किनारमा खाल्डो खनेर गाडेका थिए।

माघ २५ गते दिउँसो ११ वर्षीय बालक अचानक घरबाट बेपत्ता भएका थिए। परिवारले खोजतलास गरे पनि नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएको थियो। प्रहरी अनुसन्धानका क्रममा, बेपत्ता हुनुअघि बालकसँग रहेका साथीहरूलाई सोधपुछ गर्दा हत्या भएको खुल्न आएको हो।

प्रहरीले नियन्त्रणमा लिएका दुई किशोरले चोरीका सुनका गहना (तिलहरी) बिक्री गर्ने क्रममा विवाद भएपछि माघ २५ गते नै हत्या गरेको बयान दिएका छन्। त्यसपछि शवलाई खाल्डो खनी गाडिएको थियो। प्रहरी निरीक्षक सुनारका अनुसार सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ। हाल ती दुई किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *