• फाल्गुन ५, २०८१
  • No Comment
  • 196

दैलेखमा चोरीको गहना बिक्री विवादका क्रममा ११ वर्षीय बालकको हत्या

दैलेखको दुल्लु नगरपालिका: ५ मा चोरीको सुनका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ। हत्या आरोपमा १४ र १७ वर्षीया दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दुई किशोरले ११ वर्षीय बालकको हत्या गरी उनको शव घरनजिकै रहेको बाँसघारी छेउको खोला किनारमा खाल्डो खनेर गाडेका थिए।

माघ २५ गते दिउँसो ११ वर्षीय बालक अचानक घरबाट बेपत्ता भएका थिए। परिवारले खोजतलास गरे पनि नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएको थियो। प्रहरी अनुसन्धानका क्रममा, बेपत्ता हुनुअघि बालकसँग रहेका साथीहरूलाई सोधपुछ गर्दा हत्या भएको खुल्न आएको हो।

प्रहरीले नियन्त्रणमा लिएका दुई किशोरले चोरीका सुनका गहना (तिलहरी) बिक्री गर्ने क्रममा विवाद भएपछि माघ २५ गते नै हत्या गरेको बयान दिएका छन्। त्यसपछि शवलाई खाल्डो खनी गाडिएको थियो। प्रहरी निरीक्षक सुनारका अनुसार सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ। हाल ती दुई किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *