• फाल्गुन ३, २०८१
  • No Comment
  • 105

हात्तीकाे आक्रमणबाट केरलाकाे मन्दिर उत्सवमा ३ जनाको मृत्यु, ३० जना घाइते

दक्षिण भारतको केरलामा मन्दिर उत्सवको क्रममा हात्तीको आक्रमणपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

उक्त घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा पर्ने कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो।

प्रहरीका अनुसार स्थानिय व्यक्तिले पटाका पड्काएपछि मन्दिरमा उपस्थित दुई हात्ती आपसमा झगडा गर्न थाले। त्यसक्रममा मन्दिरको पर्खालको एक भाग भत्कियो, जसले गर्दा तीन जना मानिसको ज्यान गयो। मृतकमध्ये दुई महिला र एक पुरुष रहेको बताइएको छ।

यस घटनापछि मन्दिर परिसरमा भयावह स्थिति सिर्जना भयो। श्रद्धालुहरू भागाभाग गर्न थालेका थिए, जसका कारण ३० जना घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर भएकाले अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेका छन् भने घटनाको थप अनुसन्धान भइरहेको छ। धार्मिक उत्सवमा हात्तीको प्रयोगको विषयलाई लिएर फेरि बहस सुरु भएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *