• फाल्गुन २, २०८१
  • No Comment
  • 140

कोशी र गण्डकी प्रदेशमा मौसम बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना

 देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा भने मौसम सफा रहनेछ।

मध्य र पूर्वी तराईका केही क्षेत्रमा अहिले बिहान हुस्सु लागेको छ, जसले दैनिक जनजीवनलाई आंशिक असर पारेको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनुका साथै बाँकी क्षेत्रमा मौसम सफा रहने छ। राति पनि यस्तै स्थिति रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टामा तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको हुँदा स्वास्थ्य, सडक र हवाई उडानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी बिहानको समयमा कम दृश्यता हुने भएकाले सवारी साधन चालक र यात्रुले सावधानी अपनाउनुपर्ने महाशाखाको सुझाव छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिने र आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *