• फाल्गुन २, २०८१
  • No Comment
  • 62

कोशी र गण्डकी प्रदेशमा मौसम बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना

 देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा भने मौसम सफा रहनेछ।

मध्य र पूर्वी तराईका केही क्षेत्रमा अहिले बिहान हुस्सु लागेको छ, जसले दैनिक जनजीवनलाई आंशिक असर पारेको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनुका साथै बाँकी क्षेत्रमा मौसम सफा रहने छ। राति पनि यस्तै स्थिति रहने अनुमान गरिएको छ।

आगामी २४ घण्टामा तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको हुँदा स्वास्थ्य, सडक र हवाई उडानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी बिहानको समयमा कम दृश्यता हुने भएकाले सवारी साधन चालक र यात्रुले सावधानी अपनाउनुपर्ने महाशाखाको सुझाव छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिने र आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *