• माघ ३०, २०८१
  • No Comment
  • 144

झापामा घरभित्र नग्न अवस्थामा १ महिला मृत फेला

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। मृतक ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव मंगलबार राति आफ्नै घरभित्र भेटिएको हो।

वडाध्यक्ष बहादुर आङ्गबोका अनुसार गंगाकुमारी एक्लै बस्दै आएकी थिइन्। सोमबारदेखि सम्पर्कमा नआएकी लिम्बूको शव छिमेकीहरूले झ्यालबाट भान्सा कोठामा लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले मंगलबार राति ढोका फोडेर शव बरामद गरी दमक अस्पतालमा परीक्षणका लागि पठाएको छ।

वडाध्यक्ष आङ्गबोले गंगाकुमारीका श्रीमान भारतमा रहेका जानकारी दिए। हालसम्म मृत्युको कारण खुलेको छैन। इलाका प्रहरी कार्यालय झिलझिलेले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

शव नग्न अवस्थामा भेटिएकाले यो घटना रहस्यमय मानिएको छ, र थप छानबिन जारी रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *