• माघ २९, २०८१
  • No Comment
  • 116

दैनिक अमला सेवनले स्वास्थ्यमा पुर्‍याउने अद्भुत फाइदाहरू

अमला, आयुर्वेदमा विशेष स्थान बनाएको फल हो, जसले शरीरका धेरै समस्याहरू समाधान गर्न मद्दत गर्दछ। अमला प्रायः कपाललाई बाक्लो, कालो र स्वस्थ बनाउने प्राकृतिक औषधिको रूपमा परिचित भए पनि यसका अन्य थुप्रै स्वास्थ्य लाभहरू पनि छन्।

अमलामा पाइने उच्च पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट गुणका कारण यो छाला, कपाल, पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमताका लागि फाइदाजनक मानिन्छ। नियमित अमला सेवनले शरीरलाई फाइदा पुर्‍याउने केही मुख्य पक्षहरू यस्ता छन्:

  1. पाचन प्रक्रियामा सुधार
    अमलामा प्रशस्त फाइबर पाइने भएकाले यसले पाचन प्रक्रिया सुधार गर्न मद्दत गर्छ। नियमित सेवनले पेटसम्बन्धी समस्या हटाउन सहायता पुर्‍याउँछ।

  2. मधुमेह नियन्त्रण
    अमलामा पाइने क्रोमियमले रगतमा सुगरको स्तर नियन्त्रण गर्न मद्दत गर्छ। मधुमेह भएका व्यक्तिका लागि अमला उपयोगी मानिन्छ।

  3. तौल घटाउन सहयोगी
    तौल कम गर्न काँचो अमला वा अमलाको धुलोलाई मह र मनतातो पानीसँग मिसाएर पिउनु लाभदायक हुन्छ। केही दिनमै परिणाम देखिन थाल्छ।

  4. महिनावारी नियमित गर्न मद्दत
    अमलामा हुने खनिज र भिटामिनहरूले महिनावारीसम्बन्धी पीडा कम गर्न र मासिक धर्मलाई नियमित बनाउन सहयोग पुर्‍याउँछ।

  5. रोग प्रतिरोधात्मक क्षमता बढाउने
    भिटामिन–सीको उच्च मात्रा भएका कारण अमलाले प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ।

  6. मुटुको स्वास्थ्यमा सुधार
    अमलाको धुलो सेवनले मुटुको मांसपेशीलाई बलियो बनाउने र रक्तसञ्चारलाई सुधार गर्ने काम गर्छ।

  7. भोक वृद्धि गर्ने
    अमलाको धुलोलाई महसँग मिसाएर सेवन गर्दा भोक बढ्छ। यो ज्वरो, अपच, र एनिमिया (रक्तअल्पता)का लागि पनि लाभदायक छ।

  8. रगत सफा गर्ने
    अमलाले रगतलाई प्राकृतिक रूपमा सफा गर्दछ। यसले शरीरमा कोलाजेनको उत्पादन बढाउने भएकाले छालालाई जवान र स्वस्थ राख्न मद्दत गर्छ।

दैनिक जीवनमा अमलाको महत्व

प्राकृतिक गुणले भरिएको अमला न केवल आयुर्वेदिक औषधिका रूपमा उपयोगी छ, तर यसको नियमित सेवनले मानिसको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। पाचनदेखि तौल व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, र छालाको स्वास्थ्यसम्म, अमला एउटा अचुक प्राकृतिक औषधि हो।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *