• माघ २९, २०८१
  • No Comment
  • 116

बूढानीलकण्ठबाट पक्राउ परेका २३ भारतीय सार्वजनिक: तीन अर्बभन्दा बढीको अवैध कारोबार

बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका २३ जना भारतीय नागरिकलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। अनलाइन जुवा र क्रिप्टो करेन्सीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरिएको थियो।

 जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेकाहरूले एउटा घर भाडामा लिएर अनलाइनमार्फत जुवा खेलाउने र क्रिप्टो करेन्सीको अवैध कारोबार गर्ने कार्यमा संलग्न थिए। अनुसन्धानका क्रममा हालसम्म ३ अर्ब १३ करोड रुपैयाँ बराबरको अनलाइन जुवा र ८६ करोड ९१ लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको खुल्न आएको छ।

प्रहरीले मुख्य नाइके फरार रहेको जानकारी दिँदै पक्राउ परेकाहरूले संगठित रूपमा अनलाइन अपराध सञ्चालन गर्दै आएको जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकहरूको  वकिल कुमार यादव, किशोरी प्रसाद यादव, रोहितकुमार यादव, मुन्नाकुमार यादव, बादलकुमार जैसवाल, रावलकुमार यादव, विपिनकुमार यादव, शंकर कुमार यादव, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, कुलबिन्दर सिंह, हर्ष जैसवाल, सुरज शाह, श्रेष्ठ गुप्ता, बिठ्ठु कुमार, सुनिल कुमार जैसवाल, मोहम्मद साहिद मालिक, सौरभ खरुवा, चन्दन यादव, श्याम कुमार, एस बालकृष्ण, र सुरेन्द्र कुमार रहेका छन।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान अगाडि बढाइरहेको छ। प्रवक्ता बोहराले अनलाइन अपराधको यो घटनाले नेपालमा डिजिटल मञ्चको दुरुपयोगको विषयलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, मुख्य नाइकेलाई पक्राउ गर्न प्रहरीले खोजीलाई तीव्र बढाएको जानकारी दिएको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *