• माघ २९, २०८१
  • No Comment
  • 152

डल्लुमा सुनको गरगहना चोरी: तीन जना पक्राउ

डल्लुमा सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ निवासी ४१ वर्षाीय नरेन्द्र देउला, काभ्रे पनौती-१ निवासी कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश निवासी ५८ वर्षिय जागिर मलिक रहेका छन्।

प्रहरीका अनुसार माघ २६ गते डल्लुमा बस्‍ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्‍ने दोलखा, शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गरगहना चोरी भएको थियो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १ वटा सुनको नेक्लेस ,१ वटा सुनको सिक्री, १ वटा सुनको औंठी, गालेको सुनको एक ढिका, १ वटा सुनको तिलहरी, १ वटा सुनको कल्ली, १ वटा सुनको झुम्का, १ वटा सुनको मंगलसूत्र, सुनको मंगलसूत्रका टुक्रा ७ वटा र १ वटा सुनको सिक्कासहित  सुनका गरगहना बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *