• माघ २९, २०८१
  • No Comment
  • 68

डल्लुमा सुनको गरगहना चोरी: तीन जना पक्राउ

डल्लुमा सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ निवासी ४१ वर्षाीय नरेन्द्र देउला, काभ्रे पनौती-१ निवासी कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश निवासी ५८ वर्षिय जागिर मलिक रहेका छन्।

प्रहरीका अनुसार माघ २६ गते डल्लुमा बस्‍ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्‍ने दोलखा, शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गरगहना चोरी भएको थियो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १ वटा सुनको नेक्लेस ,१ वटा सुनको सिक्री, १ वटा सुनको औंठी, गालेको सुनको एक ढिका, १ वटा सुनको तिलहरी, १ वटा सुनको कल्ली, १ वटा सुनको झुम्का, १ वटा सुनको मंगलसूत्र, सुनको मंगलसूत्रका टुक्रा ७ वटा र १ वटा सुनको सिक्कासहित  सुनका गरगहना बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *