• माघ २८, २०८१
  • No Comment
  • 33

थाइराइडका बिरामीका लागि धनियाँ पानी फाइदाजनक, यसरी प्रयोग गर्नुहोस्

आजकालको व्यस्त जीवनशैली र अस्वस्थ खानपानका कारण धेरैजसो मानिसहरू विभिन्न रोगहरूबाट प्रभावित भइरहेका छन्। यीमध्ये, थाइराइडको समस्या पनि धेरै सामान्य बन्दै गएको छ। थाइराइड समस्याले शरीरमा हार्मोनको असन्तुलन पैदा गर्छ, जसले गर्दा टाउको दुख्ने, मुड स्विङ, अनुहार सुन्निने, र ध्यान केन्द्रित गर्न नसकिने जस्ता समस्याहरू देखापर्छन्।

तर, यदि तपाईंले नियमित रूपमा धनियाँ पानी पिउनुभयो भने थाइराइड समस्या नियन्त्रणमा राख्न सकिन्छ। यो मात्र थाइराइडका लागि होइन, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, अपच, एसिडिटी, र हार्मोन असन्तुलनका लागि पनि लाभदायक मानिन्छ।


धनियाँ पानी कसरी तयार गर्ने?

  1. १ चम्चा धनियाँको दाना लिनुहोस्।
  2. यसलाई १ गिलास पानीमा रातभर भिजाउनुस्।
  3. बिहान, यो पानीलाई आधा घट्ने गरी उमाल्नुहोस्।
  4. उमालेको पानीलाई छानेर खाली पेटमा पिउनुहोस्।

धनियाँ पानी पिउन थाइराइड औषधि खाएको १ घण्टापछि उपयुक्त हुन्छ। ध्यान दिनुहोस् कि औषधि खाएको एक घण्टासम्म सादा पानी बाहेक अन्य कुनै पेय पदार्थ वा खानेकुरा नपिउनुहोस्।


थाइराइड समस्याको पहिचान गर्न सकिने मुख्य लक्षणहरू:

  • एकाग्रताको कमी
  • मुड स्विङ
  • अनुहार सुन्निने
  • धमिलो दृष्टि
  • स्वादमा परिवर्तन
  • सेक्समा रुचिको कमी
  • टाउको दुखाइ
  • कब्जियत

यी लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गर्नुहोस्।

 

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *