• माघ २८, २०८१
  • No Comment
  • 129

थाइराइडका बिरामीका लागि धनियाँ पानी फाइदाजनक, यसरी प्रयोग गर्नुहोस्

आजकालको व्यस्त जीवनशैली र अस्वस्थ खानपानका कारण धेरैजसो मानिसहरू विभिन्न रोगहरूबाट प्रभावित भइरहेका छन्। यीमध्ये, थाइराइडको समस्या पनि धेरै सामान्य बन्दै गएको छ। थाइराइड समस्याले शरीरमा हार्मोनको असन्तुलन पैदा गर्छ, जसले गर्दा टाउको दुख्ने, मुड स्विङ, अनुहार सुन्निने, र ध्यान केन्द्रित गर्न नसकिने जस्ता समस्याहरू देखापर्छन्।

तर, यदि तपाईंले नियमित रूपमा धनियाँ पानी पिउनुभयो भने थाइराइड समस्या नियन्त्रणमा राख्न सकिन्छ। यो मात्र थाइराइडका लागि होइन, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, अपच, एसिडिटी, र हार्मोन असन्तुलनका लागि पनि लाभदायक मानिन्छ।


धनियाँ पानी कसरी तयार गर्ने?

  1. १ चम्चा धनियाँको दाना लिनुहोस्।
  2. यसलाई १ गिलास पानीमा रातभर भिजाउनुस्।
  3. बिहान, यो पानीलाई आधा घट्ने गरी उमाल्नुहोस्।
  4. उमालेको पानीलाई छानेर खाली पेटमा पिउनुहोस्।

धनियाँ पानी पिउन थाइराइड औषधि खाएको १ घण्टापछि उपयुक्त हुन्छ। ध्यान दिनुहोस् कि औषधि खाएको एक घण्टासम्म सादा पानी बाहेक अन्य कुनै पेय पदार्थ वा खानेकुरा नपिउनुहोस्।


थाइराइड समस्याको पहिचान गर्न सकिने मुख्य लक्षणहरू:

  • एकाग्रताको कमी
  • मुड स्विङ
  • अनुहार सुन्निने
  • धमिलो दृष्टि
  • स्वादमा परिवर्तन
  • सेक्समा रुचिको कमी
  • टाउको दुखाइ
  • कब्जियत

यी लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गर्नुहोस्।

 

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *