• माघ २८, २०८१
  • No Comment
  • 65

दाङमा झण्डै ४० तोला अवैध सुनसहित एक व्यक्ति पक्राउ

दाङको घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा झण्डै ४० तोला अवैध सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले २५ वर्षीय रन्जित रसाइलीलाई लु. ४६ प ६१६१ नम्बरको Suzuki मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार रसाइलीको साथबाट तलासी गर्दा  ४९७ ग्राम ४ मिलिग्राम सुन जस्तो देखिने पदार्थ (२ वटा सिक्री र १ सानो डल्ला), १,०७,८०० नगद, Suzuki मोटरसाइकल      बरामद गरियो ।

हाल साइलीलाई प्रहरी नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ। सुनको स्रोत र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्ने कार्यमा प्रहरीले जोड दिएको छ। अवैध सुनसहित पक्राउ पर्नु तस्करी सञ्जाल सक्रिय रहेको संकेत भएको भन्दै प्रहरी घटनाबारे गहन अनुसन्धानमा जुटेको छ।

घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *