• माघ २८, २०८१
  • No Comment
  • 116

दाङमा झण्डै ४० तोला अवैध सुनसहित एक व्यक्ति पक्राउ

दाङको घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा झण्डै ४० तोला अवैध सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले २५ वर्षीय रन्जित रसाइलीलाई लु. ४६ प ६१६१ नम्बरको Suzuki मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार रसाइलीको साथबाट तलासी गर्दा  ४९७ ग्राम ४ मिलिग्राम सुन जस्तो देखिने पदार्थ (२ वटा सिक्री र १ सानो डल्ला), १,०७,८०० नगद, Suzuki मोटरसाइकल      बरामद गरियो ।

हाल साइलीलाई प्रहरी नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ। सुनको स्रोत र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्ने कार्यमा प्रहरीले जोड दिएको छ। अवैध सुनसहित पक्राउ पर्नु तस्करी सञ्जाल सक्रिय रहेको संकेत भएको भन्दै प्रहरी घटनाबारे गहन अनुसन्धानमा जुटेको छ।

घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *