- माघ २७, २०८१
- No Comment
- 97
सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर गएको बस बबईमा दुर्घटना

सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। आइतबार साँझ करिब साढे ५ बजे भे १ ख ४३३१ नम्बरको बस रत्न राजमार्गको सुर्खेत खण्डमा पर्ने भेरीगंगा नगरपालिका वडा नम्बर ५ स्थित सानो खोलामा पुलबाट तल खसेको हो।
बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा भइरहेको कुम्भ मेलाका लागि तीर्थयात्रीहरूलाई लिएर गइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुर्घटना सम्बन्धी थप विवरण अाउन बाँकि रहेकाे प्रहरीले जनाएकाे छ ।