- माघ २६, २०८१
- No Comment
- 43
चर्चित कान्जी पेय: स्वास्थ्यका फाइदा र सावधानीहरू हेर्नुहाेस

कान्जी हाल सामाजिक सञ्जालमा चर्चित पेय हो। यो गाजर र चुकन्दरबाट तयार गरिने मौसमी किण्वित पेय हो, जसलाई आन्द्राको लागि लाभदायक प्रोबायोटिक पेय मानिन्छ।
कान्जीका फाइदाहरू:
- तौल नियन्त्रणमा सहयोग: मेटाबोलिज्मलाई सुधार गरेर तौल घटाउन र पेटको बोसो कम गर्न उपयोगी।
- पाचन सुधार: नियमित सेवनले पाचन क्रिया सुधार्छ र पाचनसँग सम्बन्धित समस्याहरू घटाउँछ।
- रोग प्रतिरोधात्मक क्षमता वृद्धि: भिटामिन सी र एन्टिअक्सिडेन्टले रोगसँग लड्ने क्षमता बढाउँछ।
- स्वस्थ छाला: एन्टिअक्सिडेन्ट र बिटा-क्यारोटिनले छालालाई स्वस्थ र चमकदार बनाउँछ।
- डिटक्सिफिकेसन: शरीरका विषाक्त पदार्थ हटाउन सहायक।
- चिनी नियन्त्रण: रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग गर्छ।
सावधानी:
तर, कान्जी सबैका लागि उपयुक्त नहुन सक्छ।
- विरामी व्यक्तिहरू: यदि तपाईं भाइरल ज्वरो वा फ्लूबाट ग्रसित हुनुहुन्छ भने यसको सेवन नगर्नुहोस्।
- पाचन समस्या: अम्लीय र मसालेदार भएकाले संवेदनशील पेट भएका व्यक्तिहरूले पिउनु हुँदैन।
- एलर्जी: तोरी वा मसलाबाट एलर्जी भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ।
कान्जी बनाउन सामग्री:
गाजर, चुकन्दर, तोरी पाउडर, नुन र पानीको मिश्रणलाई किण्वन प्रक्रियामा राखेर तयार गरिन्छ।
यसको सेवनले धेरै फाइदा पुर्याउन सक्छ, तर स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाउनु आवश्यक छ।