- माघ २५, २०८१
- No Comment
- 72
युवतीको चरित्रहत्या गर्ने रवि सिंह रसैली पक्राउ

दाङ लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको छ।
अभियुक्त रवि सिंहले पीडित युवतीसँगको सहमति बिना अश्लील भिडियो र तस्विर खिचेर ती सामग्रीहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाएका थिए, जसका कारण युवतीको मानसिक र सामाजिक रूपमा ठूलो असर परेको थियो। पीडितको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र वडा प्रहरी कार्यालय लमहीको समन्वयमा उनलाई पक्राउ गरिएको हो।
रविको विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको छ र जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान कार्य चलिरहेको छ।