- माघ २५, २०८१
- No Comment
- 23
नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रतिक्रिया: प्रचण्डको बारम्बार बोली फेर्ने प्रवृत्तिमा प्रश्न उठाउँदै

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बार बोली फेर्ने प्रवृत्तिमा गम्भीर प्रश्न उठाएका छन् । पोखरेलले बिहीबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले बाेलेकाे विषायलाइ फरक अभिव्यक्ति दिदै, प्रचण्डको सत्तामा रहँदा र अहिले विपक्षी दलका नेता हुँदा दिने अभिव्यक्तिमा ठूलो अन्तर रहेको भन्दै आलोचना गरेका छन् ।
पोखरेलले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा प्रचण्डले आजको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री भएका प्रचण्ड र अहिले विपक्षी दलको नेता रहेका प्रचण्ड एउटै व्यक्ति हुन् कि फरक हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न गराएको छ ।”
पोखरेलको टिप्पणीमा प्रचण्डले वक्य प्रकट गर्दा अतीत र वर्तमान बीचको विरोधाभास स्पष्ट देखिएको छ । प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा टिकटक जस्तो सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका थिए, जबकि अहिले उनले सोसियल मिडिया नियमनको पक्षमा आक्रोश व्यक्त गरेका छन् । पोखरेलका अनुसार, प्रचण्डको यस्तो व्यवहारले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको प्रयोगबारे दोहोरो मापदण्ड प्रस्तुत गरेको छ ।
पोखरेलले थप प्रश्न गरेका छन्, “आफ्नै मान्यताका विपरीत प्रचण्डले सामाजिक सञ्जाल नियमनको बारेमा संसदमा दर्ता भएको विधेयकमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? के यो सत्ता गुमाउँदाको छटपटी मात्र हो, या अरू केही ?”