• माघ १९, २०८१
  • No Comment
  • 167

त्रिभुवत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

नेपालमा सबै भन्दा बढि यात्रुको चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शनिबार देखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालन हुने बताएको छ ।

गत कार्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम सुरु गरिएको थियो । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती भएको थियो ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ जानकारी दिएका छन् ।

धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचनाको काम भने आगामी १८ चैतभित्र सक्ने लक्ष्य राखिएको छ  । हालसम्म करिब ४० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।

विमानस्थलको पूर्वतर्फ सेना, वायुसेवा निगम, यती एयरलाइन्स, सौर्य एयरलाइन्सलगायतका लागि ह्यांगर निर्माण भइरहेको छ । पहिलो चरणको काम सकिएपछि वार्षिक एक करोड यात्रुलाई सेवा दिने पूर्वाधार तयार हुने विमानस्थलमा क्षमता अभिवृद्धि परियोजनाले जनाएको छ ।न अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा
नेपालमा सबै भन्दा बढि यात्रुको चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शनिबार देखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालन हुने बताएको छ ।

गत कार्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम सुरु गरिएको थियो । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती भएको थियो ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ जानकारी दिएका छन् ।

धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचनाको काम भने आगामी १८ चैतभित्र सक्ने लक्ष्य राखिएको छ  । हालसम्म करिब ४० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।

विमानस्थलको पूर्वतर्फ सेना, वायुसेवा निगम, यती एयरलाइन्स, सौर्य एयरलाइन्सलगायतका लागि ह्यांगर निर्माण भइरहेको छ ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *