• माघ १७, २०८१
  • No Comment
  • 60

के ग्रिन टीको सेवनले मुटु रोगको जोखिम कम हुन्छ ?

यसमा पाइने एन्टिअक्सिडेन्टले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्ने मानिन्छ । जसले गर्दा यो स्वास्थ्यप्रति सचेत व्यक्तिहरूमाझ यो धेरैको मनपर्ने पेय पदार्थ पनि हो ।

ग्रिन टी केवल साधारण पेय पदार्थ मात्र नभएर स्वस्थ औषधि पनि भएको स्वास्थ्य विज्ञहरू भन्छन् । यसले मुटु, मस्तिष्क, छालाको स्वास्थ्य राम्रो बनाउनुको साथै तौल घटाउने र क्यान्सर जस्ता रोगहरू रोक्न मद्दत पनि गर्छ । यसलाई आफ्नो दैनिक आहारमा सामेल गरेर तपाईँ आफ्नो समग्र स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ ।

ग्रिन टीमा क्याटेचिन भनिने एक प्रकारको पोलिफेनोल हुने अध्ययनहरूले देखाएका छन् । क्याटेचिन एन्टिअक्सिडेन्ट हुन् जसले कोषमा हुने क्षतिलाई रोक्न र गम्भीर अनि दीर्घकालीन रोगहरूबाट बचाउन मद्दत गर्दछ । क्यान्सर प्रतिरोधी प्रभावका कारण धेरैले सुगर र रक्तचाप नियन्त्रण गर्न अनि क्यान्सर जस्ता घातक रोगहरूबाट बच्न यसको सेवन गर्ने गरेका छन् ।

ग्रिन टी मुटुको लागि साँच्चै फाइदाजनक छ त ?

नियमित रूपमा ग्रिन टी पिउँदा यसले मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ र मुटुसँग सम्बन्धित धेरै गम्भीर रोगहरूबाट पनि बच्न सकिने ग्रिन टीले मुटु रोगको जोखिम कम गर्न सक्छ कि सक्दैन भनेर बुझ्न गरिएको अध्ययनको समीक्षाले देखाएको छ । ग्रिन टीमा पाइने तत्वहरूले रक्तचाप र लिपिड दुवैलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ अनि यसले गर्दा मुटु रोगको जोखिम कम हुने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।

कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा रहन्छ

ग्रिन टीको सेवनले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्ने अन्य अध्ययनहरूले पत्ता लगाएको छ । यसले खराब खराब कोलेस्ट्रोल अर्थात् एलडीएल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्ने अनुसन्धानले देखाएका छन् । यसले पनि मुटु रोगको जोखिम कम हुन्छ । एक अध्ययनका अनुसार ग्रिन टी पिउनाले मुटु रोगको जोखिम ३१% ले कम गर्न सकिन्छ । तर, मुटुको स्वास्थ्यको लागि ग्रिन टीको फाइदाहरू जान्न थप क्लिनिकल परीक्षणहरू आवश्यक रहेको सो अध्ययनमा भनिएको छ ।

स्ट्रोकबाट पनि बचाउँछ त ?

नियमित रूपमा ग्रिन टी पिउनाले पनि स्ट्रोकको जोखिम कम गर्न सकिन्छ भनेर कयौँ अध्ययनले औँल्याएका छन् । अनुसन्धानकर्ताहरूले जापानमा ४० देखि ७९ वर्ष उमेरका ४ हजार ६००० भन्दा बढी सहभागीहरूको डेटा विश्लेषण गरेका थिए । सहभागीमध्ये ६०% महिला थिए । दैनिक रूपमा ग्रिन टी सेवन गर्नेहरूलाई अरूको तुलनामा स्ट्रोक हुने वा यसबाट मृत्यु हुने जोखिम ६२ कम भएको सो अध्ययनको निष्कर्ष थियो । स्ट्रोक वा हृदयघातको इतिहास भएका व्यक्तिहरूले पनि ग्रिन टी पिउँदा फाइदा मिल्ने प्रमाण पनि भेटिएको छ ।

एन्टिअक्सिडेन्ट गुणका काण खास छ ग्रिन टी

ग्रिन टीमा पोलिफेनोल र क्याटेचिन नामक शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छ । यसले शरीरमा अक्सिडेटिभ तनाव कम गरेर कोषहरूलाई क्षति हुनबाट बचाउँछ । एक अध्ययनका अनुसार ग्रिन टीमा पाइने एपिगालोकाटेचिन ग्यालेट (ईजीसीजी) नामक यौगिकले क्यान्सर, मुटु रोग र बुढ्यौलीसँग सम्बन्धित गम्भीर समस्याहरूलाई कम गर्न मद्दत गर्छ । यो तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक छ, त्यसैले यसको नियमित सेवनले धेरै फाइदाहरू पुर्याउन सक्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *