• माघ १५, २०८१
  • No Comment
  • 168

बराहताल गाउँपालिकाले गर्याे बराहतालका सान अजय वि.क लाई सम्मान

बराहताल गाउँपालिकाले बराहतालका शान अजय बिकलाई ३० हजार नगद सहिद सम्मान गरेकाे छ ।

श्री जन ज्योती माध्यमिक बिधालय कक्षा १२ मा अध्ययनरत खेलाडी अजय बिक बराहताल गाउँपालिका वार्ड ५ स्थित सुन्द्वारीमा बस्छन । सानै देखि दौडमा रुचि राख्ने अजय बिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेलेका अजय बिकलाई आज बराहताल गाउँपालिकाले ३० हजार नगद सहित सम्मान गरेको छ ।

बराहताल स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनी नेपालको राष्ट्रिय स्तरको दौडमा नेपाल मै हुने जुनियर गेममा गोल्ड मेडल र अन्तर प्रदेश नेशनल गेममा द्रोसो र तेर्सो मेडल प्राप्त गरेका छन । १५०० ,३००० मिटर दौड ३ पटक सम्म गोल्ड मेडल प्राप्त गरिसकेका छन ।

म्याराथन दौड तर्फ भने जुम्ला,चितवनमा भएको ५००० किमि दौडमा गोल्ड मेडल प्राप्त गरेका थिए । त्यस्तै लुम्बिनीमा भएको २१ किमि म्याराथन दौडमा पाँचौ र पोखरामा भएको नबौ राष्ट्रिय गेममा ४२ किमि म्याराथन दौडमा पनि पाचौ स्थान गरेका छन । अन्तरास्ट्रिय खेलमा भारतको चेन्नाईको स्थित तमुलनाडुमा भईरहेको नेपाली जुनिएर धावक अजय बिकले कास्य पदक जितेका छन जो नेपाल लागि पहिले कास्य पदक अवार्ड हो ।

उनले ९ मिनेट ८ सेकेन्ड मादौड पूरा गरेका थिए । दुबैमा भएको ३ किमि गेममा सहभागी हुन दुबै पुगेका थिए तर शरिर अस्वस्थका कारण गेममा सहभागी हुन पाएनन र उनी स्वदेश फर्किए । अबको २ हप्ता पछि पाकिस्तानमा हुने ५ किमिमा जाने लगभग निश्चित छ। हाल नेपाल पुलिस क्लब उनी आबद्द रहेका छन ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *