• माघ १५, २०८१
  • No Comment
  • 144

शरीरमा रगत बढाउन हरेक दिन खानुस् यो चिज

छोकडा हरेक उमेरका मानिसका लागि निकै फाइदाजनक मानिन्छ । दिनको कुनै पनि समयमा यसलाई खान सकिन्छ ।

छोकडा पोषक तत्त्वले भरपुर हुन्छ । अन्य कयौँ ताजा फलफूलको तुलनामा यसमा क्यालोरीको मात्रा धेरै बढी हुन्छ । छोकडामा फाइबरको साथमा खनिज र भिटामिन पनि प्रचुर मात्रामा पाइन्छ । दैनिक २ वटा छोकडा खानुपर्छ । यसरी सेवन गर्दाका अनेक फाइदाहरू छन् ।

शरीरमा रगत बढाउँछः
शरीरमा हेमोग्लोबिनको मात्रा कम भएका व्यक्तिहरूलाई डाक्टरहरूले आफ्नो डाइटमा नियमित रूपमा छोकडा खान सल्लाह दिन्छन् । यसले रगतमा हेमोग्लोबिनको स्तर सुधार गर्नुको साथै ऊर्जा स्तर बढाउन पनि काम गर्छ ।

शरीरलाई न्यानो राख्छः

छोकडामा प्रशस्त मात्रामा फाइबर, आइरन, क्याल्सियम, भिटामिन र म्याग्नेसियम पाइन्छ । जाडोमा छोकडा खानु धेरै फाइदाजनक हुन्छ । यसले शरीरमा न्यानोपन उत्पन्न गर्नुको साथै ऊर्जा पनि दिन्छ ।

हड्डी बलियो बनाउँछः

बढ्दो उमेरसँगै हड्डीलाई बलियो बनाउने कोषहरू क्षतिग्रस्त हुँदै जान्छन् । हड्डी बलियो बनाउन छोकडा धेरै फाइदाजनक साबित हुन्छ । छोकडामा म्याङ्गनीज, तामा र म्याग्नेसियम पाइन्छ, जसले हड्डी बलियो बनाउँछ ।

पाचन सुधार गर्न प्रभावकारीः

छोकडा प्रोटिनको राम्रो स्रोत हो । यसको सेवनले पाचन क्रियामा सुधार आउँछ । साथै, एसिडिटीको समस्या पनि हट्छ । हरेक बिहान खाली पेटमा छोकडा खाँदा एसिडिटीबाट राहत मिल्छ ।

कोलेस्ट्रोल घटाउँछः

छोकडाको सेवनले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापको स्तर कम गर्छ । यसका साथै छोकडामा म्याग्नेसियमको मात्रा पनि धेरै हुन्छ, साथै यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि पाइन्छ, जुन जोर्नीको समस्या भएका व्यक्तिहरूको लागि राम्रो विकल्प हो ।

अर्थराइटिसका लागि वरदानः

अर्थराइटिसका बिरामीका लागि पनि छोकडा धेरै फाइदाजनक हुन्छ । यसलाई दैनिक रूपमा खाँदा अर्थराइटिसको दुखाइ कम गर्न सकिन्छ ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *