• माघ १५, २०८१
  • No Comment
  • 89

शरीरमा रगत बढाउन हरेक दिन खानुस् यो चिज

छोकडा हरेक उमेरका मानिसका लागि निकै फाइदाजनक मानिन्छ । दिनको कुनै पनि समयमा यसलाई खान सकिन्छ ।

छोकडा पोषक तत्त्वले भरपुर हुन्छ । अन्य कयौँ ताजा फलफूलको तुलनामा यसमा क्यालोरीको मात्रा धेरै बढी हुन्छ । छोकडामा फाइबरको साथमा खनिज र भिटामिन पनि प्रचुर मात्रामा पाइन्छ । दैनिक २ वटा छोकडा खानुपर्छ । यसरी सेवन गर्दाका अनेक फाइदाहरू छन् ।

शरीरमा रगत बढाउँछः
शरीरमा हेमोग्लोबिनको मात्रा कम भएका व्यक्तिहरूलाई डाक्टरहरूले आफ्नो डाइटमा नियमित रूपमा छोकडा खान सल्लाह दिन्छन् । यसले रगतमा हेमोग्लोबिनको स्तर सुधार गर्नुको साथै ऊर्जा स्तर बढाउन पनि काम गर्छ ।

शरीरलाई न्यानो राख्छः

छोकडामा प्रशस्त मात्रामा फाइबर, आइरन, क्याल्सियम, भिटामिन र म्याग्नेसियम पाइन्छ । जाडोमा छोकडा खानु धेरै फाइदाजनक हुन्छ । यसले शरीरमा न्यानोपन उत्पन्न गर्नुको साथै ऊर्जा पनि दिन्छ ।

हड्डी बलियो बनाउँछः

बढ्दो उमेरसँगै हड्डीलाई बलियो बनाउने कोषहरू क्षतिग्रस्त हुँदै जान्छन् । हड्डी बलियो बनाउन छोकडा धेरै फाइदाजनक साबित हुन्छ । छोकडामा म्याङ्गनीज, तामा र म्याग्नेसियम पाइन्छ, जसले हड्डी बलियो बनाउँछ ।

पाचन सुधार गर्न प्रभावकारीः

छोकडा प्रोटिनको राम्रो स्रोत हो । यसको सेवनले पाचन क्रियामा सुधार आउँछ । साथै, एसिडिटीको समस्या पनि हट्छ । हरेक बिहान खाली पेटमा छोकडा खाँदा एसिडिटीबाट राहत मिल्छ ।

कोलेस्ट्रोल घटाउँछः

छोकडाको सेवनले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापको स्तर कम गर्छ । यसका साथै छोकडामा म्याग्नेसियमको मात्रा पनि धेरै हुन्छ, साथै यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि पाइन्छ, जुन जोर्नीको समस्या भएका व्यक्तिहरूको लागि राम्रो विकल्प हो ।

अर्थराइटिसका लागि वरदानः

अर्थराइटिसका बिरामीका लागि पनि छोकडा धेरै फाइदाजनक हुन्छ । यसलाई दैनिक रूपमा खाँदा अर्थराइटिसको दुखाइ कम गर्न सकिन्छ ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *