प्रतिष्ठानमाथि राजनीति गर्न बन्द गरियोस्, सेवाहरु सुचारु गरियोस – नरेश भण्डारी

भदौं २४, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेका हुन् ।

कर्णाली प्रदेश सरकारका पूर्वकानूनमन्त्रीसमेत रहेका भण्डारीले पिछडिएका क्षेत्रमा स्वास्थ्य शिक्षा, सेवा दिने र अनुसन्धान गर्ने उद्देश्यले स्थापित मुलुककै गौरवपूर्ण संस्थाको भविष्यमा प्रतिकूल प्रभाव पार्ने कार्यमा जतिसक्दो छिटो बिराम लगाउन अनुरोध गरेका छन् ।

प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति जटिल भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपश्चात् उहाँले घटनाको यथाशीघ्र छानविन आवश्यक रहेको बताए ।

उनले समस्याको अविलम्ब निवारणका लागि एक उच्चस्तरीय छानविन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालालाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा फर्कनसमेत अपिल गरेका छन् ।

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा मेडिकल अधिकृत डा.करण साहले छ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरेको भन्दै उनका बुबा धनबहादुर शाहीले हातपात गरेको घटनाले यतिबेला चरम रुप लिएको छ । शाही प्रतिष्ठानमै कार्यरत प्रशासनतर्फका कर्मचारी हुन् । केहि सातादेखि प्रहरी हिरासत रहेका उनको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र नरेश भण्डारी

२०६८ सालमा प्रतिनिधि सभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता भयो । जुम्लाबाट निर्वाचित सांसद नरेश भण्डारीले उक्त विधेयक संसदमा दर्ता गरे । विधेयक दर्ता भइसकेपछि कर्णालीभित्र र बाहिर थुप्रै अड्कल बाजी भए । कसैले कर्णाली जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान हुनै नसक्ने ठोकुवासमेत गरे । कसैले विधेयकको समर्थन गरे । केहीले कर्णालीको इतिहासमा नयाँ युगको शुरुवात भएको बताए ।

विधेयक संसदबाट पारित भयो । कर्णालीको जुम्ला केन्द्रीय कार्यालय हुने भनिएको थियो । जुम्लाकै राजनीतिक पार्टीभित्र मतभेद सुरु गरियो । जुम्लामा प्रतिष्ठान चल्न नसक्ने भन्दै केहीले संसद भण्डारीको आलोचना गरियो । उनलाई साथ नदिनको लागि दबाब दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णाली क्षेत्रको कायापलट गर्ने बृहत परीयोजना साबित भयो ।

कर्णाली भन्ने वित्तिकै डक्टर आउन नमान्ने, स्वास्थ्यकर्मीले अस्पताल प्रमुख भएर काम चलाउनु पर्ने अवस्था थियो । प्रतिष्ठान स्थापनाले कर्णालीको परिभाषा बदल्यो । तत्कालीन कर्णाली अस्पतालमा प्रतिष्ठानका कामकाज सुरु हुन थाले । कर्णालीमा डक्टर बस्न थाले । अब कर्णाली डक्टर अभावमा मृत्यु पर्खदैन । उल्टै सुगमका बिरामीको उपचारका लागि डक्टर पठाउने सामार्थ्य राख्छ भन्ने सन्देश फैलायो । अहिले कर्णालीको जुम्ला स्वास्थ्य शिक्षाको हब बन्यो ।

प्रतिष्ठानका संस्थापक संसद तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना पहल समिति संयोजक नरेश भण्डारीले बताउँछ्न्, ‘कर्णाली प्रतिगष्ठान गरिबी, अशिक्षा, बेरोजगारी, अभावविरुद्धको मिसायल हो । जसले कर्णालीको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको छ । कर्णालीको छोराछोरी आँगनमै डक्टर पढ्न पाएका छ्न् । देशै भरीका डक्टर पढ्न इच्छुक विद्यार्थीको ध्यान कर्णालीतिर केन्द्रित भएको छ’।

कर्णाली गरिबी, अशिक्षा, भोकमरी, अभाव र बेरोजगारीको प्राय ठानिन्छ । अहिले पनि कर्णाली भौगोलिक रुपमा विकट, शिक्षाका रुपमा अशिक्षित, विकासका हिसावमा निकै पछि छ । २०६४ सालमा जुम्लावासीले नरेश भण्डारीलाई अत्यधिक मत दिएर जिताएको परिणाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान थियो ।

यसअघि जुम्लावासीले धेरैलाई केन्द्रको प्रतिनिधिको रुपमा पठाए । उनीहरुले आफ्नो घर बनाए । आफन्तलाई रोजगारी दिए । सिंगो कर्णाली बदल्ने कुनै योजना परियोजना ल्याउन सकेनन् । तर नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भण्डारीले सिंगो कर्णालीको परिभाषा बदल्ने परियोजना ल्याए । अहिले जुम्लामा डक्टर रोजेर बिरामीले उपचार पाउँछन् । डक्टरी पढाइ हुन थालेको छ । स्वाथ्यकर्मी बस्ने ठाउँमा विशेषज्ञ चिकित्सक, प्रोफेसर बस्न थालेका छन् ।

त्यहि प्रतिष्ठित प्रतिष्ठान जन्माउदा र हुर्काउदा प्रत्येक्ष रातदिन, भोकतिर्खा नभनि ठूलो संघर्षकासाथ खटिएका थिए नरेश भण्डारी । उनको त्यहि कामबाट उनि एक सफल नेतृत्व विकासका आइडल पनि भए ।

अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी नेता हिक्मत सिंह बताउँछ्न् “इतिहासको पानामा नाम लेखाउन कुरा कम, काम बढि गर्नु गरिनु पर्छ”। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएको नरेश भण्डारीको नाम इतिहासमै दिग्गज छ । यसरी जोडिएको उनको नामलाई समाजमा रहेका राजनीतिक दलाल, व्यापार र गुण्डागिरि गर्नेहरुले उनको त्यो प्रतिष्ठालाई धमिलो बनाउन खोजे पनि सम्भव छैन् । अब अन्तत: भण्डारीलाई कर्णालीका जनताले कर्णालीका सम्भावनाहरूको अभिभावक भएको देख्न चाहेंका छ्न् । राष्ट्रिय स्तरको नेतृत्व गर्नपाए पनि विकास रुपरेखा नयाँ ठाउँमा जाने आशा जनताहरुको छ । सिंहले थप्दै भने, ‘सकें सँगै हातेमाले गरौं, नसकेंं चुप लागेर बसौं । अनुरोध गर्दै झुटका हतियार जति धारिला भएपनि त्यसले यथार्थलाई टुक्राउन नसकिने बताउँछ्न् ।

अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी नेता हिक्मत सिंह

कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णालीमा स्वाथ्यको समस्या सधैं चुनौतिको विषय बनिरह्यो । कयौं सिटामोलको अभावमा मृत्युवरण गर्न बाध्य हुन्छन् । पोष्टमार्टमका लागि नेपालगञ्ज र सुर्खेतबाट डाक्टर बोलाउँदा नआएर लाश गनाउँदा गनाउँदै चितामा पुर्‍याउनु पर्ने कर्णालीको बेथा नै थियो ।

कोभिड-१९ सुरु हुनुअघि पनि सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायतका जिल्लाबाट बिरामीहरूलाई जुम्ला ल्याएर उपचार गराइन्थ्यो । नेपालको अति दुर्गम जिल्ला मध्येमा पर्ने जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि तराईंका बिरामी पहाड उक्लेर उपचार गर्ने गरेका छ्न् ।

झापा, सुर्खेत, धादिङ, दाङ, पाल्पा, बर्दिया, बाग्लुङ, रुपन्देही, नवलपरासी, बारा, सर्लाही, भक्तपुर, कालिकोट, कपिलवस्तु, नेपालगन्जलगायतका सुगम जिल्लाबाट दुर्गम कर्णालीको जुम्लाका चिकित्सा शिक्षा अध्ययन गर्न आउने गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिएका छ्न् ।

प्रतिष्ठानमाथि राजनीति गर्न बन्द गरियोस्, सेवाहरु सुचारु गरियोस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य धमिलो पार्ने पछिल्ला गतिविधिहरुले गम्भीर र संवेदनशील बनाएका छन् । कलुषित मानसिकताका साथ कुत्सित उदेश्य पुरा गर्ने प्रवृति सलबलाई रहेको अनुभूति भएको छ । पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान गर्ने उदेश्यले स्थापित कर्णाली तथा मुलुककै गौरवको यस संस्थाको भविष्यमा प्रतिकुल प्रभाव पार्ने कार्यमा विराम लगाउन विलम्ब गरिनु हुदैँन । तसर्थ घटनाको सत्य तथ्य छानवीनका लागि एक उच्चस्तरीय छानवीन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्दछुँ । स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर नियमित काममा फर्कन समेत अपिल गर्दछुँ । भण्डारीले भनेका छ्न् ।

प्रतिष्ठान जन्माउदा र हुर्काउदाको प्रशुती वेदना अनुभूति नगरेका कारण राजनीतिको स्वार्थको झोला फिजाएकोसमेत आरोप भण्डारीको छ ।