कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरुहुदै

सुर्खेत = कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले बतायकाे छ ।

यस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पतालबिच गत चैत ११ गते सम्झौता भएको हाे । प्रदेश अस्पतालले २०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको जानकारी दिए ।

मृगौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । उनले अब कर्णालीवासीलाई मृगौला प्रत्यारोपणका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई केन्द्रका चिकित्सकको सहयोगमा तालिम दिएर तयारी अवस्थामा राखेकाे डा. डम्बर खड्काले जानकारी दिए । ‘’